२ मिनेटमा मेस्सीकाे २ गाेल : अर्जेन्टिनाले निकारागुवालाई ५-१ ले हरायाे
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले निकारागुवालाई ५–१ गोल अन्तरले पराजित गरेको छ । लियोनल मेस्सीप्रेरित अर्जेटिना अहिले कोपा अमेरिका कपको तयारीमा रहेको छ ।मेस्सीले १ मिनेटभित्र २ गोल गर्दै अर्जेन्टिनालाई सुरुमै २–० को अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा गोभानीको पासमा गोल गर्दै अर्जेन्टिनालाई मेस्सीले अग्रता दिलाएका थिए । त्यसको १ मिनेटमा फेरि मेस्सीले अर्को गोल थपेपछि निकारागुवा २–० ले पहिलो हाफमा पछि परेको थियो । पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा ३ गोल थपेको थियो भने एक गोल खाएको थियो ।
जाभियर मार्टिनेजले ६३ र ७३ औं मिनेटमा व्यक्तिगत दुई गोल गर्दा अर्जेन्टिना ४–०ले अघि बढेको थियो । रोबर्टो परेराले ८१ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरे । निकारागुवाले भने ९१ औं मिनेटमा एक गोल गरेका थिए । पेनाल्टीमार्फत जुवान बरेराले गोल फर्काएका हुन् ।यस्तै उरुग्वेले पानामालाई ३–०ले पराजित गरेको छ । उरुग्वेको जीतमा गोमेज, लुईस स्वारेज र फेडिरिको सान्टियागोले एक एक गोल गरेका थिए ।
June 8, 2019 11:32 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)