Friday 13th March 2026

सहकारीको चर्को ब्याज नियन्त्रण गर्नुपर्छ : मन्त्री अर्याल

7 years अगाडी

कास्की – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी नागरिकको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाएको गुनासो आएको बताउनुभएको छ।सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीले चर्को ब्याज लिएकाे सुनेको बताउँदै नागरिकको सिधा पहुँचान रहेका सहकारीले चर्को ब्याज लिन नहुने बताउनुभयो ।

सदस्यले धान्न नसक्ने ब्याजदर सहकारीले लगाउन नहुने उहाँको भनाइ थियो। ‘सहकारीमा अधिकांश न्युन आय भएका शेयर सदस्य रहेका छन। शेयर सदस्यले धान्न नसक्ने ब्याजदर निर्धारण गर्नु भएन’, मन्त्री अर्यालले भन्नुभयो। मन्त्री अर्यालले ग्रामीण तथा विपन्न वर्गको पहुँच पुर्‍याउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरुलाई सुझावसमेत दिनुभयो। स्थानीय समुदाय र महिलाको उद्यमशिलताको विकासमा ध्यान दिन मन्त्री अर्यालले अनुरोध गर्नुभएको थियो।

          June 8, 2019 11:59 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...