कसले गर्यो ओशोको ‘हत्या’ ?
काठमाण्डौ – हिन्दूस्तान टाइम्सका आवासीय सम्पादक अभय वैद्यले ओशोको मृत्यु अस्वभाविक र षड्यनन्त्रमूलक भएको भएको बताउनु भएको छ । शुक्रबार ओशो तपोवनमा भएको अन्तरसंवाद कार्यक्रममा आफ्नो पुस्तक ‘हु किल्ड ओशो’ को बारेमा चर्चा गर्दै वैद्यले रहस्यमयी तरिकाले ओशोको मृत्यु भएको बताउनुभएको हो । अभय वैद्यले सन् १९९० जनवरी १९ को दिनमा भएको ओशोको मृत्युपछि आफूले तीस वर्ष लगाएर खोज गरेको बताउनुभयो । आफूले तीस वर्षको खोजबाट ओशोको मृत्यु अस्वाभाविक र षडयन्त्रमूलक पाएको उहाँको भनाइ थियो । ओशोको मृत्यु हुनुभन्दा दुई वर्ष अगाडिदेखि नै ओशोलाई आफ्नो परिवार र आमासम्मलाई पनि भेट्न नदिई आजको दिनमा पुना आश्रममाथि एकछत्र कब्जा जमाएका तीन विदेशीहरुले ओशोलाई घेरामा पारेको तथ्य पत्रकार वैद्यले सार्वजनिक गर्नुभयो ।
त्यस्तै, ओशोको मृत्युको दिन पनि नाक कान घाँटीका डाक्टर गोकुल गोकानीलाई षडयन्त्रमूलक रुपले डेथ सर्टिफिकेटमा हस्ताक्षर गर्न लगाएको स्वयं डाक्टर गोकानीले दिएको अन्तवार्तासमेत पुस्तकमा समेटिएको र यसले ओशोको मृत्यु झन रहस्यमय भएको कुरा वैद्यले स्पष्ट पार्नु भएको थियो । तीनै विदेशीहरुले ओशोको नक्कली इच्छापत्र तयार गरेको र नक्कली ट्रष्ट बनाई ओशो आश्रमको सम्पत्ति हडप्न षडय्न्त्र गरेको तथ्य समेत लेखक वैद्यले कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुणले आफूले सन् १९९० देखि नै ओशोको मृत्यु स्वाभाविक नभै हत्या नै भएको भन्दै आइरहेको र अभय वैद्यको पुस्तकले आफूले उठाउँदै आएको आवाजलाई बल प्रदान गरेको बताउनुभयो । अभय वैद्यको यस पुस्तकले ओशोको अभियानलाई ठूलो गुन लगाएको स्वामी आनन्द अरुणले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओशोको मृत्यु अस्वाभिक भएको आफूले सुन्दै आएको तर स्वयं पत्रकार अभय वैद्यबाट ओशोको मृत्युको बारेमा प्रस्तुत गरेका तथ्यहरु सुनेपछि ओशोको मृत्यु षडयन्त्रमूलक भएको बारेमा आफू स्पष्ट भएको बताउनु भएको थियो । अभय वैद्य टाइम्स अफ् इण्डियाका साथै डीएनए पत्रिकाको समेत सम्पादककाे रुपमा समेत काम गरिसक्नु भएकाे छ । कार्यक्रममा भारतीय जनता पार्टीका नेता अजितकुमार सिंहलगायतका व्यक्तिको पनि उपस्थिति रहेको थियो ।
June 8, 2019 1:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता