Wednesday 13th August 2025

कतारको राजदूतका लागि डा‍.वाग्ले सिफारिस

6 years अगाडी

काठमाण्डौ – सरकारले कतारसहित चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कतारका लागि डा.नारद वाग्ले भारद्वाज, बंगलादेशका लागि डा.वंशीधर मिश्र, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सिफारिस गरेको हो । उनीहरुलाई संसदीय सुनुवाइका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

कतारका लागि सिफारिस वाग्लेले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अंग्रजी विषय प्राध्यापन गर्नुभएको छ । यसअघि सरकारले कतारबाट राजदूत रमेश कोइराला, बंगलादेशबाट डा.चोपलाल भुसाल र स्पेनबाट भरत रायमाझीलाई फिर्ता बोलाएको थियो ।

अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाले भने राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन ।दक्षिण कोरिया र दक्षिण अफ्रिकामा भने अझै राजदूत खाली छ । यस्तै अमेरिकाका लागि राजदूत डा.अर्जुन कार्कीको पदावधि सकिए पनि अर्को व्यवस्था नभएसम्मका लागि कार्यविधि थपिएको छ ।

          June 9, 2019 11:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...