

भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ

१९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो ।
अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा चक्कुले हानेर उनले विजयश्वरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आठतोला सुन, ६ हजार नगद र चार हजार रुपैयाँ पर्ने ज्याकेट लिएर उनी भागेका थिए । त्यसयता उनी भारतमा लुक्दै आएका थिए ।
‘गृह मन्त्रालयकै अनुमति लिएर हामी उनलाई खोज्दै मुम्बई पुगेका थियौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले भने, ‘महिनौँको मिहिनेतपछि उनलाई पक्राउ गर्न सफल भएका हौँ ।’ अधिकारीलाई बेलहिया नाकाबाट पक्राउ गरिएको सिआइबीले जनाएपछि मुम्बईबाटै पक्राउ गरी ल्याएको प्रहरी स्रोत बताउँछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।
June 11, 2019 10:00 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

