भूतपूर्व भारतीय सैनिकको सुविधाका लागि म्याग्दीमा सैनिक बोर्ड स्थापना
काठमाडौँ । म्याग्दीमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकको सुविधाका लागि जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ। म्याग्दी को सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गरेका हुन्। भारतीय रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपूसैनिकलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअनुसार तथा म्याग्दीवासीको माग र आवश्यकतालाई ध्यानमा राखी म्याग्दीमा जिल्ला सैनिक बोर्ड स्थापना गरिएको बताए ।साथै उनले बोर्ड स्थापनासँगै भारतीय सेनाबाट अवकाशप्राप्त भुपूसैनिकले पाउने सेवासुविधा जिल्लामै पाउने जानकारी दिए । भारत र नेपाल सरकारको सम्बन्ध प्राचीनकालदेखि नै सांस्कृतिक, धार्मिक तथा राजनीतिकरूपमा प्रगाढ रहको उनको भनाइ थियो ।
नेपाली भुपूसैनिकको हरेक समस्या समाधानका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको उनले बताए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सैनिक बोर्ड स्थापनाले भुपूसैनिकलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा भुपूसैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्याप्टेन मीनबहादुर कार्कीले म्याग्दीका भुपूसैनिकको १६ वर्षसम्मको सङ्घर्षपछि जिल्ला सैनिक बोर्ड स्थापना हुन सफल भएको बताए । म्याग्दीमा पाँच हजार बढी भारतीय भुपू सैनिक रहेका उनले जानकारी दिए ।
June 11, 2019 10:31 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता