Wednesday 13th August 2025

तीर्थयात्री बोकेको बसलाई ट्रकले हिर्कायो, घटनास्थलमै २ जनाको मृत्यु, २१ घाईते

6 years अगाडी

काठमाडौ । रौतहटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट जनकपुर हिँडेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका २ भारतीय नागरिकको मृत्यु भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा भारतको ओडिसाका ५२ वष विजयकुमार देना र ५४ वर्षका चरण विशालको ज्यान गएको हो। दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

          June 11, 2019 11:23 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...