

छोराले चलाएको मोटसाइकल दुर्घटनामा परी आमाको मृत्यु
6 years अगाडी
Susma Dhakal

रौतहट । रौतहटको गरुडामा मोटरसाईकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ। रौतहटको गरुडा नगरपालिका–८ जिंगडिया बिर्ता प्रहरी स्कुल अगाडि छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेकी आमाको ज्यान गएको हो ।
बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाईकलको पछाडी बसेकी राजपुर नगरपालिका वडा नम्बर ९ की ७० वर्षीया शेख भुउली साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पैदल यात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ महिला गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते उनको उपचारका क्रममा चन्द्रनिगाहपुर ल्याउँदै गर्दा उनको ज्यान गएको हो। मोटरसाईकल चालकलाई भने पहरीले नियन्त्रणमा लिएको छ।
June 12, 2019 9:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल
Loading...

