Friday 13th March 2026

प्लास्टिकबाट इन्धनः प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणमा समस्या

7 years अगाडी

सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि आयात गरेको हो ।ठूलो परिणाममा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत जडान गर्न सकिने भए पनि गुणस्तर मापनका लागि प्रयोगशाला नुहँदा प्रविधि प्रयोगमा आउन सकेको छैन ।

प्रविधि आयात र परीक्षण गरिए पनि लगानी गर्ने निकाय उत्साहित नहुँदा प्रविधिको प्रयोग भएको छैन । नास्टले जापान, चीन र अमेरिकाबाट एक–एकवटा मेसिन ल्याएर अनुसन्धान गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन् ।

          June 13, 2019 10:02 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...