मोरङमा नौं जनालाई डेंगुको संक्रमण, सुनसरीमा साढे पाँचसय पुगे
विराटनगर । मोरङमा नौं जनामा डेंगुको संक्रमण देखिएको छ । एक महिना धरानमा भेटिएको डेंगुको संक्रमण मोरङ सुनसरी र झापामा फैलिएको छ । मोरङमा पाँचदिन अघि सुन्दरहरैचाका एक जनामा डेंगुको संक्रमण देखिएको थियो । तर बुधवार सम्म ९ जनामा डेंगु पाइएको हो ।मोरङको केरावारी गाउँपालिका, बेलवारी, पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकामा १–१ जनामा डेंगुको संक्रमण देखिएको छ । सुन्दरहरैचा नगरपालिकामा – ३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै विराटनगर महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।बुधवार साँझ सम्म सुनसरीमा मात्र संक्रमितको संख्या पाँचसय ४८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ । झापामा २ जनामा संक्रमण देखिएको छ । तीन जिल्लामा संक्रमण भेटिएपछि प्रदेश सरकारले नियन्त्रणको काम सुरू गरेको छ ।
विराटनगरमा उच्च सतर्कता : मंगलबार एकै दिन २ जनामा डेंगुको संक्रमण देखिएपछि विराटनगर महानगरपालिले उच्च सतर्कता अपनाएको छ । महानगरपालिका जनस्वास्थ्य महासाखाका अधिकृत सुवास नेपालका अनुसार महानगरपालिकाले डेंगु नियन्त्रणकालागि स्प्रे गर्ने र डेंगु सार्ने लामखुट्टेको बासस्थान नस्ट गर्ने काम सुरु गरेको छ ।
मंगलबार संक्रमण देखिएपछि बुधवार विराटनगर– १, २, ३ र १० नम्बर वडामा मालाथिन फगी स्प्रे काम सुरु गरेको उनले बताए । बुधवारबाट डेंगुको लार्भा पहिचान टोली पनि परिचालन भएको छ । महानगरको वडा नम्बर १ र ३ मा १–१ जनामा डेंगुको संक्रमण देखिएको थियो । संक्रमितको विराटनगर अस्पताल र नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ ।
June 13, 2019 10:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता