नेपाली गीतमा सन्नी लियोनको धमकेदार नाच (भिडियो सहित)
काठमाडौं, ३० जेठ । बलिउड अभिनेत्री (आइटम गर्ल) सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काएर नाचेकी छन् । ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य बिहिबार सार्वजनिक भएको हो । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् ।
‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खानदेखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गर्छन । ५ करोड बढि लगानीमा तयार भएको गीतमा सन्नीसँगै अभिनेता बिक्की जोशी पनि छन् ।
गीतमा बिक्रम जोशीको शब्द र संगीत अर्जुन पोखरेलको छ । दुर्गा खरेलले स्वर भरेको उक्त गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो । भाद्र २७ बाट फिल्म ‘पासवर्ड’ रिलिज हुँदैछ । सम्राट बस्नेत निर्देशक छन् ।
फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।
June 13, 2019 6:36 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)