

भरतपुरमा चुनावमा मतपत्र च्यात्ने माओवादी कार्यकर्ता दोषी ठहर

३१, जेठ, चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा मतपत्र च्यात्ने दुई जना तत्कालीन माओवादी कार्यकर्तालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।निर्वाचन कसुरसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले २ वर्षपछि फैसला गरेको हो । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यात्ने कामका आरोपीहरु द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई अदालतले दोषी ठहर गरेको हो ।विहीबार जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले ०७४ जेठ १४ गते राति मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका दुई व्यक्तिलाई कसुर निर्धारण गर्ने गरी फैसला गरेको छ ।
निर्वाचन कसुर तथा सजायँ ऐन ०७३ अनुसार सजायँ तोकिन लागेको चितवन अदालतले जनाएको छ । २६ औं पटकको पेशीमा चितवन अदालतको सो निर्णय लिएको हो ।तत्कालीन समयमा भरतपुर महानगरको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा रेनु दाहाल पक्षका मत गणनामा सलंग्नहरुले मत पत्र च्यातेका थिए ।उनीहरुलाई कति कारर्वाही हुने भन्ने बारेमा आगामी असार ५ गते अर्को फैसला हुने अदालत स्रोतले जानकारी दिएको छ ।
सिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको सजायँ माग गरेको छ ।निर्वाचन कसुर तथा सजाय ऐन ०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजायँ माग भएको उनले जानकारी दिए । घटना लगत्तै पक्राउ परेका यी दुई जना एक/एक लाख धरौटीमा रिहा भएका थिए ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा ०७४ सालको जेठ १४ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं. १९ को मत गनेर लगभग सकिन लागेको थियो । गन्न बाँकी वडा नम्वर २० मात्रै थियो । मतपत्र च्यातिएपछि भरतपुर–१९ मा साउन २० मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । सो निर्वाचनमा कांग्रेस माओवादी केन्द्र गठवन्धनकी उम्मेदवार रहेकी रेनु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराएर मेयर निर्वाचित भएकी थिइन् ।
June 14, 2019 11:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

