Sunday 10th August 2025

कञ्चपुरमा जेसीबी र अटोरिक्सा ठोक्किँदा यी विभत्स तस्वीर, ३ जनाको मृत्यु

6 years अगाडी

कञ्चनपुर । कञ्चनपुरमा ह्याभी इक्युवमेण्टले अटोलाई ठक्कर दिँदा दुर्घटनाको विभत्स रुप देखिएको छ । अटो र जेसिबी एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा शुक्रबार बिहान भीमदत्त नगरपालिका–६, बनगाउँमा आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले दुर्घटनामा परेका ३ जनाको घनास्थलमै ज्यान गएको पुष्टि गरेको छ ।मृतक तीनै जना अटोरिक्सामा सवार थिए । प्रहरीका अनुसार उनीहरुको सनाखत हुन बाँकी छ ।दुर्घटनामा ५ जना घाइते छन् । घाइतेमध्ये अटोरिक्साका चालकको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारत पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

          June 14, 2019 12:43 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...