

रुपन्देहीमा कटुवा पेस्तोल र गोलीसहित ३ युवा पक्राउ
6 years अगाडी
Susma Dhakal

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ ।पछिल्लो समयमा सैनामैना, बुटवलसहित विभिन्न स्थानमा चोरी र लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले उनीहरु बस्ने गाउँमा खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी. हृदय थापाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नम्बर ६ का २० वर्षीय सुरज दर्जी र अर्जुन मुसहर तथा २२ वर्षीय मनिष परियार रहेका छन् । उनीहरुलाई वडा नम्वर ५ को बुद्धनगरबाट पक्राउ गरिएको छ ।पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
June 14, 2019 12:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Loading...

