रुपन्देहीमा कटुवा पेस्तोल र गोलीसहित ३ युवा पक्राउ
7 years अगाडी
Susma Dhakal
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ ।पछिल्लो समयमा सैनामैना, बुटवलसहित विभिन्न स्थानमा चोरी र लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले उनीहरु बस्ने गाउँमा खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी. हृदय थापाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नम्बर ६ का २० वर्षीय सुरज दर्जी र अर्जुन मुसहर तथा २२ वर्षीय मनिष परियार रहेका छन् । उनीहरुलाई वडा नम्वर ५ को बुद्धनगरबाट पक्राउ गरिएको छ ।पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
June 14, 2019 12:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
Loading...