इतिहासकै सबैभन्दा महंगो मूल्य पाएका खेलाडी नेयमारभन्दा एम्बाप्पे दोब्बर महंगा !
काठमाडौं। पछिल्लो समय फुटबलरहरुको कर्मा निकै ठूलो छ । अघिल्लो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी बक्सर फेवेद मेवेदर थिए तर यस वर्ष सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा शीर्ष ३ स्थान फुटबलरले कब्जा जमाएका छन् । शीर्ष ३ स्थानमा लियोनेस मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार छन् । यी तीन खेलाडीको व्यक्तिगत कमाइ धेरै भए पनि क्लवले उनीहरुको लागि तिर्ने मूल्यमा भने निकै गिरावट आएको छ । उत्कृष्ट प्रदर्शन गरिरहँदा पनि रोनाल्डोसँग अब खेल्ने समय १–२ वर्षभन्दा धेरै बाँकी छैन । रोनाल्डोभन्दा २ वर्ष कान्छा मेस्सीको पनि खेल्ने समय बढीमा ४ वर्ष मान्न सकिन्छ । अर्कोतर्फ लगातार घाइते भएर मैदानबाहिर रहने तथा कहिले बलात्कार, कहिले फ्यानमाथि आक्रमणजस्ता विभिन्न विवादमा परिरहेका कारण नेयमारको मूल्य पनि खस्किँदै गएको छ ।
फुटबल इतिहासमा अहिलेसम्म सबैभन्दा बढी मूल्यमा अनुबन्ध हुने खेलाडी नेयमार हुन् । २ वर्षअघि पेरिस सेन्ट जर्मेनले उनलाई बार्सिलोनाबाट लैजानको लागि २२० मिलियन गुरो तिरेको थियो । तर, अहिले उनको त्यो मूल्य छैन । उनको मूल्य लगातार घटिरहेको छ । तर, उनकै क्लवका अर्का युवा स्टारको मूल्यले भने आकाश छोएको छ । सिआइइएस फुटबल अब्जर्भेटरीले पिएसजीकै किलियन एम्बाप्पेलाई २५२ मिलियन युरो मूल्य निर्धारण गरेको छ । नेयमारको मूल्य भने १२५ मिलियन युरो तोकिएको छ । यसरी हेर्दा एम्बाप्पेको मूल्य नेयमारको मूल्यको दोब्बरभन्दा पनि बढी छ ।
June 14, 2019 1:07 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप