जीप दुर्घटनामा दुई जनाको मृत्यु, तीनजना घाइते
ओखलढुंगा – सुनकोसी गाउँपालिका ८ मा भएको जीप दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ । मुलखर्कबाट ओखलढुंगा आउँदै गरेको बा १५च ८८४३ नम्बरको जीप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खसेको हो । दुर्घटनामा परेर सुनकोसी गाउँपालिका–८ का ललीमाया थापा मगर र डिल्ली दर्जीको ज्यान गएको हो ।
मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको सनाखत हुन सकेको छैन । उनीहरुलाई उद्धार गरेर सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका लागि पठाइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले जानकारी दिनुभयो ।
रोकेर राखेको अवस्थामा यात्रु चढ्न खोज्दा चिप्लिएर जीप भीरबाट १ सय ५० मिटर तल खसेको स्थानीयले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।
July 4, 2018 12:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण