जीप दुर्घटनामा दुई जनाको मृत्यु, तीनजना घाइते
ओखलढुंगा – सुनकोसी गाउँपालिका ८ मा भएको जीप दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ । मुलखर्कबाट ओखलढुंगा आउँदै गरेको बा १५च ८८४३ नम्बरको जीप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खसेको हो । दुर्घटनामा परेर सुनकोसी गाउँपालिका–८ का ललीमाया थापा मगर र डिल्ली दर्जीको ज्यान गएको हो ।
मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको सनाखत हुन सकेको छैन । उनीहरुलाई उद्धार गरेर सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका लागि पठाइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले जानकारी दिनुभयो ।
रोकेर राखेको अवस्थामा यात्रु चढ्न खोज्दा चिप्लिएर जीप भीरबाट १ सय ५० मिटर तल खसेको स्थानीयले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।
July 4, 2018 12:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)