विश्वकप क्रिकेट : पहिलाे जितकाे खाेजीमा दक्षिण अफ्रिका र अफगानिस्तान
अफगानिस्तान र दक्षिण अफ्रिकाले इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वककपमा अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । शनिबार कार्डिफमा नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुने खेलमा यी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । दक्षिण अफ्रिका इंग्ल्याण्ड, बंगलादेश र भारतसँग पराजित भएको छ भने वेष्ट इण्डिजविरुद्धको खेल वर्षाले रद्ध भएको थियो ।
सेमिफाइनला पुग्ने झिनो आशा कायमै राख्न दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध जित अत्यावश्यक छ । तर त्यसका लागि उसको ब्याटिङमा सुधार हुनु आवश्यक छ ।यता सुरुवाति तीन खेलमा पराजित भएपछि अफगानिस्तान अंकतालिकाको पुछारमा छ । बलिङ पक्ष उत्कृष्ट भए पनि ब्याटिङमा अनुभवको कमी देखिएको छ । मोहम्मद शाहजाद फिटनेसका कारण टिमबाट निकालिएपछि अफगानी ब्याटिङ अझै कमजोर बनेको छ ।
निराशाजनक सुरुवात गरेको दक्षिण अफ्रिकालाई पराजित गर्न सकेमा दोस्रोपल्ट विश्वकप खेलिरहेको अफगानिस्तानका लागि ठूलो सफलता हुनेछ । त्यसका लागि अफगानिस्तानले कागिसो रबाडा र इमरान ताहिरको नेतृत्वमा रहेको अफगानी बलिङ आक्रमणको सामना गर्नुपर्नेछ ।
June 15, 2019 10:58 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)