शाकाहारी खानामा होटेलले हड्डीका टुक्रा मिसाएर जन्तीलाई खुवाएपछि झण्डै टुटेन विवाह
धनुषा – जनकपुरको मुजेलियामा सञ्चालित होटेल राजदरबारमा शाकाहारी खानामा हड्डीको टुक्रा भेटिएपछि बेहुला र बेहुली पक्षबीच विवाद भएको छ । होटेल राजदरबारको बदमासीले विवाह नै टुट्नेसम्मको अवस्था सिर्जना भएको थियो ।जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोक निवासी रामबाबु यादवले छोरीको विवाहको सम्पूर्ण व्यवस्थापन ३ लाख ६५ हजार रुपैयाँमा शुक्रबार राति राजदरबार होटेलमा गरेको थियो । विवाहको लागि सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरबाट शिवशंकर यादवका छोराको जन्ती आएको थियो । राति १२ बजे बेहुला र बेहुलीबीच स्वयम्बर सकिएपछि बेहुलासहित सबै जन्ती खाना खानको लागि बसे । दुल्हासहित जन्तीका धेरै मानिस शाकाहारी भएकाले पहिले नै होटेलवालालाई भनेर दालभात तरकारीसहित शाकाहारी भोजनको व्यवस्था गरिएको थियो ।
तर जब सबैले थालमा खाना थपेर खाना खान सुरु गरे सबैको खानामा हड्डीको टुक्रा फेला पर्न थाल्यो । त्यसमा धेरै वैष्णव कन्ठीधारी जन्तीसमेत भएकाले आफ्नो धर्मकाे अपमान गरेको भन्दै जन्तीहरु खाना छाडेर छोरी पक्षमाथि आक्रमक भए ।यहाँसम्मकी बेहुलासमेतले विवाहका लागि अस्वीकार गरी राति नै जन्ती फर्किनेसम्मको चेतावनी दिए । ९० प्रतिशत जन्ती राति नै खाना छाडेर आक्रोशित हुँदै विवाह बहिस्कार गरी घर फर्के । तर बेहुली पक्षको हारगुहारपछि बेहुलाका घरपरिवार विवाह गर्न राजी भए । र बेहुला पक्षका केही आफन्तजन मात्र बसे । यसमा होटलवालाको चरम बदमासी भएकाले त्यसको निर्णय पछि गर्ने भन्दै विवाह सम्पन्न भयो ।
राति विवाद भएको बेला वडा प्रहरी कार्यालयकाे प्रहरी टोली त्यहाँ पुगेको थियो । हेटेल व्यवस्थापन पक्षले बिहान ७ बजे छलफल गर्ने समय मिलाएको थियो । तर बिहानदेखि होटेल सञ्चालक मोबाइल स्विच अफ् गरी सम्पर्क बाहिर गएका छन् । बेहुलीका बुबा रामबाबु यादवले छोरीको विवाह नै भाँड्ने गरी र धर्मभ्रष्ट बनाउने गरी खानमा हड्डीका टुक्रा मिसाएकाले होटेलमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । ‘झण्डैले छोरीको विवाह भाँडिएन । जन्ती पनि खाना नखाई फर्के । होटेलले ठुलो बदमासी गरेको छ’, उहाँले भन्नुभयो, ‘होटेल सञ्चालक पछि छलफल गर्नेभन्दै फोन अफ् गरेर सम्पर्कविहीन छन् । सञ्चालमाथि कारबाहीकोलागि म जिल्ला प्रशासनमा उजुरी हाल्छु ।’
यता मुजेलिया वडा प्रहरी कार्यालयका इञ्चार्ज बडाबाबु झाले शाकाहारी भोजमा भेटिएको हड्डीका टुक्राहरु प्रमाणस्वरुप राखेको बताउनुभयो । ‘राति विवाद भएको बेला होटेलमा पुगेर खानामा मिसाइएको हड्डीका टुक्रा हामीले प्रमाणस्वरुप राखेका छौं’, इञ्चार्ज झाले भन्नुभयो, ‘राति होटेल सञ्चालकले बिहान ७ बजेको समय दिएका थिी । तर अर्को घटनामा जानुपर्दा त्यहाँ पुग्न सकेनौ । होटेल सञ्चालक अहिले सम्पर्क बाहिर छन् ।’पीडित पक्षले उजुरी गरेमा माथिको निर्देशन अनुसार यो मुद्दामा अगाडि बढ्ने उहाँको भनाइ छ ।
June 15, 2019 12:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता