ट्याक्टर दुर्घटना : सबैको मनमा वस्न सफल शिक्षकको मृत्यु ! सिंगो गाउँ नै शोकमग्न
7 years अगाडी
Susma Dhakal
काठमाडौं । हिजो राति भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । डडेल्धुरामा एक शिक्षकको ट्याक्टर दुर्घटनामा परी ज्यान गएको छ । आलिताल गाउँपालिका–८, कुर्जेनियामा हिजो राति ट्याक्टर दुर्घटना हुँदा समैजी अधारभूत विद्यालय, आलीतालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गोदाम बजारबाट बालुवा लोड गरेर कुर्जेनीतर्फ जाँदै गरेको से २ त २८५० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा आलिताल गाउँपालिका–८ का पदम राना समान्य घाइते भएका छन् । दुर्घटनापछि चालक धनजित धामी फरार रहेका छन् । उनको खोजी भइरहेको आलीताल प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिनुभयो । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
June 16, 2019 11:07 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...