

छुट्टी मनाउन परिवार सहित ग्रिस पुगे रोनाल्डो

एजेन्सी । विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छुट्टी मनाउन परिवारसहित ग्रिस पुगेका छन् । पोर्चुगिज स्टार खेलाडी रोनाल्डो सन २०१८–१९ को सिजन समाप्तीपछि परिवार सहित छुट्टी मनाउन युरोपको सुन्दर देश ग्रिस पुगेका हुन् ।विदा मनाउन निस्किएका रोनाल्डोका साथमा उनकी प्रमिका जर्जिना रोड्रिगेज र तीन छोरा एक छोरी पनि छन् । फुटबल सिजनको अन्त्यमा प्राय फुटबल खेलाडी छुट्टी मनाउन निस्कने गरेका छन् ।
इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका राेनाल्डाेले भर्खरै आफ्नो नेतृत्वमा पोर्चुगललाई दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताएका थिए । यसअघि रोनाल्डोको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो ।
देशलाई मात्र होइन सन् २०१८–१९ को सिजनको बीचमा स्पेनिस क्लब रियल मड्रिडबाट इटालीयन युभेन्टस पुगेका उनले क्लबलाई घरेलु लिग सिरी ‘ए’ र सुपर कोपा इटालियाको उपाधि दिलाएका थिए । व्यक्तिगत रुपमा राेनाल्डाेले सन २०१८–१९ मा गरेको गोल संख्या एक दशकयताकै कम थियो । समग्रमा सिजनको सुखद अन्त्य गरेका रोनाल्डो केही दिनपछि पोर्चुगल फर्कने बताइएको छ ।
June 16, 2019 12:49 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

