छुट्टी मनाउन परिवार सहित ग्रिस पुगे रोनाल्डो
एजेन्सी । विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छुट्टी मनाउन परिवारसहित ग्रिस पुगेका छन् । पोर्चुगिज स्टार खेलाडी रोनाल्डो सन २०१८–१९ को सिजन समाप्तीपछि परिवार सहित छुट्टी मनाउन युरोपको सुन्दर देश ग्रिस पुगेका हुन् ।विदा मनाउन निस्किएका रोनाल्डोका साथमा उनकी प्रमिका जर्जिना रोड्रिगेज र तीन छोरा एक छोरी पनि छन् । फुटबल सिजनको अन्त्यमा प्राय फुटबल खेलाडी छुट्टी मनाउन निस्कने गरेका छन् ।
इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका राेनाल्डाेले भर्खरै आफ्नो नेतृत्वमा पोर्चुगललाई दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताएका थिए । यसअघि रोनाल्डोको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो ।
देशलाई मात्र होइन सन् २०१८–१९ को सिजनको बीचमा स्पेनिस क्लब रियल मड्रिडबाट इटालीयन युभेन्टस पुगेका उनले क्लबलाई घरेलु लिग सिरी ‘ए’ र सुपर कोपा इटालियाको उपाधि दिलाएका थिए । व्यक्तिगत रुपमा राेनाल्डाेले सन २०१८–१९ मा गरेको गोल संख्या एक दशकयताकै कम थियो । समग्रमा सिजनको सुखद अन्त्य गरेका रोनाल्डो केही दिनपछि पोर्चुगल फर्कने बताइएको छ ।
June 16, 2019 12:49 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)