आईसीसी टी–२० विश्वकप एसिया छनोट खेल्ने प्रारम्भिक टोली छनोट, को–को परे ?
आसन्न आईसीसी टी–२० विश्वकपको एसिया छनोटका लागि पहिलो चरणमा २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । जसमा पहिलो पटक नन्दन यादवले स्थान बनाएका छन भने जितेन्द्र मुखीयाले कमब्या गर्न सफल भएका छन् । सिंगापुरमा जुलाई २२ देखि २८ सम्म हुने प्रतियोगिताका लागि पहिलो चरणमा समावेश गरिएका २५ खेलाडी यस प्रकार रहेका छन् ।
क्याम्पमा परेका खेलाडी : पारस खड्का,अभिनाश बोहोरा,अमित श्रेष्ठ,बसन्त रेग्मी,भिम शार्की,विनोद भण्डारी,दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,जितेन्द्र मुखिया,करण केसी,कुशल भुर्तेल,ललित भण्डारी,ललितनारायण राजवंशी,मोहम्मद आरिफ शेख,नन्दन यादव,पवन सराफ,प्रदिप ऐरी,राजु रिजाल,रोहितकुमार पौडेल,सन्दीप लामिछाने,साहव आलम,शरद भेषवाकर,सोमपाल कामी,सन्दीप जोरा,सुसन भारी
टिमले ५ गतेबाट बन्द प्रशिक्षण सुरु गर्नेछ । प्रशिक्षणमा जितेन्द्रले झण्डै दुई बर्षपछि कमब्याक गरेका हुन । पछिल्लो पटक चोटका कारण पनि उनी मैदान बाहिर रहदै आएका थिए तर उनले फ्रेन्चाइजी लिग खेलेपनि राम्रो प्रदर्शन गर्न नसक्दा राष्ट्रिय टिमको क्याम्पमा पर्न सकेका थिएनन् । यस्तै युवा खेलाडी अमित श्रेष्ठले पनि पहिलो चरणमा स्थान बनाएका छन । क्याम्पमा यू–१९ टिमका पूर्व कप्तान राजु रिजालले पनि स्थान बनाएका छन् ।यसपटक टिममा अनिल शाह, दिलिप नाथले स्थान बनाउन सकेनन् ।नेपाली टिमले टी–२० विश्वकपको एशिया छनोट अगाडी एक साताका लागि बैदेशिक प्रशिक्षणको योजना बनाएको छ । तर आइसीसीले सो योजनाको एकिन भने गर्न सकेको छैन । सिंगापुरमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल २३ जुलाइमा कतारसँग पहिलाे खेल खेल्नेछन् ।
June 18, 2019 1:12 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी