प्रधानमन्त्री ओली चुपचाप ८ मिनेट संसद रोष्टममा
मंलगबार बिहान ११ बजेका लागि डाकिएको बैठक १२ बजे सुरु भए लगतै कांग्रेसका सांसदहरुले प्रमुख प्रतिपक्षी दलको नेतालाई सुरुमा बोल्न दिनुपर्ने माग गर्दै रोष्टम घेराउ गर्न पुगे सभामुख कृष्णबहादुर महराले पटक पटक पहिले प्रधानमन्त्रीको कुरा सुनेपछि प्रतिपक्षी दललाई आफ्नो कुरा राख्न दिन्छु भनेपनि उनीहरुले नाराबाजी गर्दै रोष्टम अबरोध गरिरहे ।
मंगलबारको संसद बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री ओलीले बोल्ने कार्यतालिका रहेको बैठकको सुरुमै कांग्रेस सांसदहरुले प्रमुख प्रतिपक्षी दललाई बोल्न समय दिनुपर्ने माग गर्दै रोष्टम घेराउ गरेका थिए ।
उनीहरुले संसदीय मर्यादा कायम गर, प्रतिपक्षले सदनमा बोल्न पाउनुपर्छ भन्दै नाराबाजी गरे । प्रधानमन्त्री ओलीले चुपचाप ८ मिनेटसम्म विपक्षी दलको नाराबाजी रोष्टमबाट हेरिरहे । सभामुख महराले भोलीसम्मका लागि बैठक स्थगित भएपछि रोष्टमबाट तल झरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्दै बाहिरिए ।
संसद सचिवालयले आजको बैठकको कार्यसूची तय गर्दा सुरुमा प्रधानमन्त्रीले संबोधन गर्ने बनाएको थियो । प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो नेताले सुरुमा बोल्न पाउने माग गरेपछि पटक–पटक छलफल समेत भएको थियो ।
सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतकसँग सभामुख महराले बैठक अघि छलफल गरेपनि सहमति जुटेको थिएन । फलस्वरुप बैठक सुरु हुने बित्तिकै काँग्रेसका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।आजको बैठकमा प्रधानमन्त्रीले आफ्नो यूरोप भ्रमण र गुठी बिधेयकका बारेमा सम्बोधन गर्ने कुरा सार्वजनिक भएको थियो ।
June 18, 2019 2:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन