जनतामा भ्रम छर्न खोजेको आरोपसहित गुठी विधेयक फिर्ता
काठमाडौं । लामो समय देखि विवादमा पर्दै आएको गुठी विधेयक फिर्ता भएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको हो ।भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गर्नुभएको छ । मन्त्री अर्यालले भन्नुभयो, ‘विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भयो यसैका आधारमा उत्तेजना बढाउने काम भयो । सरोकारवालासँग थप परामर्श र छलफल आवश्यक भएकोले विधेयक फिर्ता लिने निर्णय गरिएको छ ।’मन्त्री अर्यालले प्रतिनिधिसभामा दर्ता भएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ फिर्ता लिने जानकारी दिनु भएको हो ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक लगायत अन्य समसामयिक विषयमा संसदमा सम्बोधन गर्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि ओलीले बोल्न पाउँनु भएको थिएन । आजै बेलुका ५ बजे देखि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरेर आफ्नो युरोप भ्रमण, गुठी विधेयक लगायत विषयहरुमा आफ्नो जवाफ दिइरहनु भएको छ ।कांग्रेसले प्रधानमन्त्री भन्दा पहिले सभापति शेर बहादुर देउवाले बोल्न पाउँनुपर्ने भन्दै विरोध जनाएको थियो । संसद भोली बिहान ११ कजे सम्मको लागि स्थागित भएको छ ।
June 19, 2019 11:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन