नेपाली भलिबल टिम सम्हाल्न आइपुगे हान अबिङ
नेपाली राष्ट्रिय भलिबल टिमका लागि विदेशी प्रशिक्षक नेपाल आएका छन् । आसन्न एशियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सम्हाल्न डच प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबलसंघका महासचिवक जीतेन्द्रबहादुर चन्द लगाएतको स्वागत गरेका थिए ।
पहिलो पटक नेपालमा हुने सेन्ट्रल जोन प्रतियोगितामा नेपालको टिम सम्हाल्न नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई एफआईभीबीले नेपाल पठाएको हो ।उनी तीन महिनाका लागि नेपाली भलिबल टिमसँग रहनेछन् । २५ वर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात वर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।
उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।उनले २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको हेड कोचका रुपमा पनि काम गरेका थिए । जसमा उनले २००८ मा जर्मन कपको उपाधि दिलाएका थिए भने २००७ मा तेस्रो स्थान दिलाएका थिए ।
June 19, 2019 12:22 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)