भारतसँगको हारपछि पाकिस्तानको आलोचना, पाकिस्तानी मिडियामाथि खनिए मलिक
आईसीसी विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएपछि पाकिस्तानी टिमको देशमा चर्को आलोचना भएको छ ।पाकिस्तानी समर्थकले टिमलाई प्रतिबन्ध लागाउन माग गर्दै अदालतमा मुद्दा नै दायर गरेका छन् । साथै उनीहरुको आक्रोश सोयब मलिकसँग पनि बढी छ । शोयब मलिकले १४ अक्टोबर १९९९ मा वेस्टइण्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
३७ वर्षीय मलिक भारतविरुद्धको खेलमा शून्य रनमै आउट भए । त्यसपछि पाकिस्तानी समर्थक र मिडियाले मलिकलाई ‘तारो’ बनाएका छन् । भारतविरुद्ध प्रतिस्पर्धा भएको अघिल्लो दिन मलिक पत्नीसँग खाना खाँदै गरेको भिडियो सार्वजनिक भएको पाकिस्तानी मिडियाले दाबी गरेका थिए ।
उक्त भिडियोमा भारतीय टेनिस खेलाडी सानिया मिर्जा उनकी पत्नीसँग खाना खाएको देखिन्छ । पाकिस्तानी मिडियाले दाबी गरेको जस्तो भारतविरुद्धको खेलको अघिल्लो दिनको नभई त्यसभन्दा अघिको भएको मलिकले जवाफ दिएका छन् ।
सफाइ दिँदै मलिकले भनेका छन् ‘मलाई सफाई दिनु पर्दा निकै दुःख लागेको छ । साथै उनले पाकिस्तानी मिडियाले कहिले विश्वसनीय समाचार प्रकाशित गर्लान् भन्दै प्रश्न पनि गरेका छन् ।’ उनले भनेका छन् ‘पत्नी सानियासँगको भिडियो १५ जुनको नभई १३ जुनको हो ।’ उनले खेलाडीको खराब प्रदर्शनमा परिवारलाई नजोड्न आग्रह गर्दै पाकिस्तानी क्रिकेटमा आफूले २० वर्षसम्म गरेको योगदानको पनि कदर गर्न आग्रह गरे ।
June 20, 2019 10:22 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी