मनसुनी गतिविधि बढ्यो, साँझपख पानी पर्ने सम्भावना
काठमाण्डौ – बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन भित्र्याउने वायु देशको पूर्वी भूभागमा सक्रिय हुन थालेकाले देशको पूर्वी तथा मध्य भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘मनसुन भने अझै पनि भित्रिएको छैन । पूर्वी भूभागबाट मनसुन भित्र्याउने वायु प्रवेश गरेकाले मनसुनी गतिविधि बढेको हो ।’ महाशाखाका मौसमविद् वरुण पौडेलले भन्नुभयो । उहाँका अनुसार बिहीबार पश्चिम तराई र काठमाण्डौसहित मध्य क्षेत्रमा दिउँसो मौसम सफा भए पनि बेलुकीतिर भने पानी पर्ने संभावना छ ।
मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने मौसमविदहरुले बताएका छन् । पछिल्लो साता काठमाण्डौ उपत्यकासहित देशभरिको तापक्रम ह्वात्तै बढेको थियो । तापक्रम वृद्धि भएपछि तराईको जनजीवन प्रभावित भएको थियो ।
गएको साता शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस पुग्यो । उपत्यकामा यो तापकक्रम वर्षकै सबैभन्दा धेरै हो । गएको सोमबार दिउँसोदेखि आंशिक तथा सामान्य बद्ली भएर बेलुका पानी परेपछि तापक्रम केही मात्रामा घट्दै गइरहेको छ ।
June 20, 2019 11:44 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन