Thursday 7th August 2025

सडक सफा गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट (फोटो फिचर)

6 years अगाडी

विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नियुक्ती पाएकाहरुलाई मोरङको धनपालथान गाउँपालिकाले सडक सरसफाई र झार उखाल्ने काममा प्रयोग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मोरङको धनपालथान गाउँपालिकामा नियुक्ती पाएका १०८ जनालाई सडक, बजार र सार्बजनिक स्थानको सरसफाई गर्न प्रयोग गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गर्नेले दैनिक ५१७ रुपैयाँ ज्याला पाउँछन् ।
गाउँपालिकाले २०–२० जनाको समुहलाई सरसफाईमा प्रयोग गरेको छ ।

मंगलबारबाट काम सुरु गरेकाहरुले बजार, सडक र सार्बजनिक स्थान सफा गर्न प्रयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोचनप्रसाद दाहालले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ३० दिनको नियुक्ती पाएकाहरु सामान्य काममा प्रयोग भएका छन् । मंगलबार पहिलो दिन कर्सिया बजारको चोक सफा गर्न २० जना प्रयोग भएका थिए ।

बुधवार पनि २० जना स्थानीय सारदा माध्यमिक विद्यालय सरसफाईमा प्रयोग भएका थिए । तत्काल अन्य योजना नभएका कारण सडक तथा सार्बजकि स्थान सफा गर्न प्रयोग गरिएको दाहालले बताए । दिर्घकालिन योजना विना हचुवाका भरमा काममा प्रयोग गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना भइरहेको छ ।

          June 20, 2019 12:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...