सडक सफा गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट (फोटो फिचर)
विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नियुक्ती पाएकाहरुलाई मोरङको धनपालथान गाउँपालिकाले सडक सरसफाई र झार उखाल्ने काममा प्रयोग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मोरङको धनपालथान गाउँपालिकामा नियुक्ती पाएका १०८ जनालाई सडक, बजार र सार्बजनिक स्थानको सरसफाई गर्न प्रयोग गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गर्नेले दैनिक ५१७ रुपैयाँ ज्याला पाउँछन् ।
गाउँपालिकाले २०–२० जनाको समुहलाई सरसफाईमा प्रयोग गरेको छ ।
मंगलबारबाट काम सुरु गरेकाहरुले बजार, सडक र सार्बजनिक स्थान सफा गर्न प्रयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोचनप्रसाद दाहालले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ३० दिनको नियुक्ती पाएकाहरु सामान्य काममा प्रयोग भएका छन् । मंगलबार पहिलो दिन कर्सिया बजारको चोक सफा गर्न २० जना प्रयोग भएका थिए ।
बुधवार पनि २० जना स्थानीय सारदा माध्यमिक विद्यालय सरसफाईमा प्रयोग भएका थिए । तत्काल अन्य योजना नभएका कारण सडक तथा सार्बजकि स्थान सफा गर्न प्रयोग गरिएको दाहालले बताए । दिर्घकालिन योजना विना हचुवाका भरमा काममा प्रयोग गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना भइरहेको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता