यस्तो पो रहेछ कारण : तीन मन्त्रीको राजीनामा नआई गुठी आन्दोलन नरोकिने
काठमाडौ । सरकारले संसदमा प्रस्तुत गरेको ठुठी ऐनविरुद्धको आन्दोलन अझै नरोकिने प्रष्ट भएको छ । सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ तरपनि आन्दोलन झनै चर्किरहेको छ । कारण के होला ? भन्ने सबैमा थियो । यही बेला राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले जारी आन्दोलनलाई नरोक्ने बताउँदै कारण खुलाएको छ ।
समितिले उक्त विधेयक ल्याउने भूमिसुधारमन्त्री पद्मा अर्याल, गुठी विधेयकविरुद्धको आन्दोलनमा दमन गर्न लगाउने गृहमन्त्री रामबहादुर थापा र गुठीयारहरुलाई सामन्ती भन्ने सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामाको माग गरिएको छ ।
सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने हिजो बताए पनि अहिलेसम्म त्यसको लागि कुनै प्रक्रिया अघि बढाएको छैन । प्रचलित कानून र संघीय संसदको कार्यसञ्चालन नियमावली अनुसार पेश भएको विधेयक फिर्ता लिन मन्त्रीपरिषद्ले प्रस्ताव पेश गरी त्यसलाई संघीय संसदको दुवै सदनको बहुमतले अनुमोदन गर्नुपर्छ ।
बुधबार घोषणा गरिएको सम्भावित आन्दोलन टार्न भूमिसुधारमन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ताको घोषणा गरेकी थिइन् तर त्यसको केही समयपछि पत्रकार सम्मेलन गरेका प्रधानमन्त्रीले सो समाचार आफुले पनि मिडियाबाट थाहा पाएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता