बिहानै शक्तिशाली भुकम्पको धक्का, केन्द्र पत्ता लाग्न सकेन !
काठमाडौं । नेपाल लगायतका देशहरुमा पछिल्ला दिनहरुमा भुकम्पको धक्का महसुस हुनु सामान्यजस्तै भएको छ । नेपाल , भारत, पाकिस्तान, चीन, जापान लगायतका देशहरुमा भुकम्पको उच्च जोखिम रहेको विश्लेषण भइरहँदा जनताका त्रास हुनु स्वभाविक पनि हो । यो बिचमा भारतको महाराष्ट्रको सातारामा आज बिहानै भुकम्पको धक्का महसुस गरिएको छ भुकम्प ४.८ रेक्टर स्केलको भएको भारतीय अधिकारीहरुले बताएका छन् । भुकम्पको केन्द्र अहिलेसम्म पत्ता लागेको छैन । अहिलेसम्म भुकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन ।
आज बिहान ७ः३८ (भारतीय समय) मा भुकम्पको धक्का महसुस गरिएको जानकारी दिइएको छ । भारतीय अधिकारीहरुका अनुसार भुकम्पको धक्का झण्डै ५ मिनेटसम्म महसस गरिएको थियो । भुकम्पपछि उक्त क्षेत्रमा भागाभाग सुरु भएको थियो । मान्छेहरु घर छोडेर बाहिर निस्केका थिए । भूकम्पपछिअधिकारीहरु सर्तक अवस्थामा रहेको जानकारी दिइएको छ । यस क्षेत्रमा फेरि पनि भुकम्प आउँन सक्ने भन्दै सावधान रहनको लागि अपिल गरिएको छ ।
June 20, 2019 1:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता