

कुवेतमा मृत्यु भएकी झापाकी सुमित्राको परिवारलाइ सम्पर्कमा आउन दुताबासको आग्रह

हरि कृष्ण न्यौपाने – सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकि झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मेई २८ तारिक कुवेतमा मृत्यु भएको छ।बिरामी भए पछि उपचारको लागि अस्पतालमा भर्ना गरिएकि सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म पनि मृतकको घर-परिवार वा आफन्तजनसंग सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाउन सकिएको छैन ।
पाँचथर जिल्लाबाट सन २०१३ फेब्रोवरी २७ तारिक जारी गरिएको राहदानी नं-०३६४६६७४ को मृतकको राहदानिमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ भने स्थायी ठेगाना महाभारा-३ झापा जनाइएको छ।नेपाली नागरिकता नं-०४०१-६९-१०४२० रहेकी सुमित्रा जगेबुको शब परिवार वा आफन्त जनसंग सम्पर्क हुन नसक्दा कुवेतको अस्पतालमै रहेको छ।
नेपाली राजदुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटि डट कमसंग भने “मृतक सुमित्राको शबलाई नेपाल पठाउने सम्पुर्ण कानुनी प्रकृया पूरा भई सकेको छ ।उनको परिवार वा आफन्तजन कोहि संग पनि सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाइउन सकिएको छैन ।” राहदानिको फोटोमा देखिएकी झापा महाभारा-३कि मृतक सुमित्रा जबेगु लिम्बुलाइ कसैले चिन्नु हुन्छ वा उनको परिवार एबं नातेदारलाई चिन्नु हुन्छ भने नेपाली दूतावास कुवेतको हटलाइन नं-००६५ ९८८६९१२१ वा कोसेली समूह कुवेत(तितोपाटी डट कम)मा सम्पर्क गर्नु होला ।
June 21, 2019 12:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

