जलविद्युत् आयोजनाका सुरुङ भित्र थुनिएका मजदुरको १२ घण्टा पछि उद्धार
रसुवा । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका कामदारलाई सकुसल रुपमा उद्धार गरिएको छ । बिहिवार थुनिएका कामदारलाई शुक्रवार बिहान सकुसल रुपमा उद्धार गरिएको हो ।
रसुवाका प्रहरी प्रमुख भागेन्द्रपुरुष ढकालका अनुसार छ चिनियाँ नागरिकसहित १७ कामदारलाई आज बिहान सात सकुसल उद्धार गरिएको हो । उद्धार गरिएका १७ कामदारको उद्धारपश्चात स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।
बिहिवार साँझदेखि गएको सुक्खा पहिरोमा फाटफुटरूपमा ढुङ्गा झरिरहेकाले विद्युत् आयोजनाको सुरुङको काम आजकालागि रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । विद्युत् आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूईले कामदारको सुरक्षालाई दृष्टिगत गरी निर्माण कार्य अगाडि बढाइने बताएको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जलविद्युत् कम्पनीका कर्मचारी जुटेका थिए । रासस
June 21, 2019 1:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता