सुनको भाउ अहिलेसम्मकै महंगो
काठमाण्डौ – नेपाली बजारमा सुनको भाउ इतिहासकै महंगो भएको छ ।शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ तोकिएकोे नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।छापावाल सुनको भाउ हिजो ६४ हजार रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै तेजावी सुनको भाउ ६४ हजार ७ सय तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेकाले नेपालमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।यस्तै इरान र अमेरिकाबीचको तनावका कारण पनि लगानीकर्ता सुरक्षित हुन थालेकाले सुन महंगो भएको व्यवसायीले बताएका छन् ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेकाले तोलाको ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि २०७० साल भदौ १२ गते र २०७५ फागुन ८ गते नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसपछि हिजो बिहीबार नेपाली बजारमा सुनको भाउ ६४ हजार पुगेको थियो ।
June 21, 2019 1:18 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता