

काेपा अमेरिका : चिली एक खेल अगावै क्वाटरफाइनल, इक्वेडरकाे सम्भावना कठिन

विराटनगर । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा इक्वेडरलाई पराजित गर्दै साबिक बिजेता चिली क्वाटरफाइनल प्रवेश गरेको छ । समुह चरणकाे पहिलो खेलमा जापानलाई पराजित गरेको चिलीले दोस्रो खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै एक खेल अघि नै दोस्रो चरण प्रवेश गरेको हो ।शनिवार बिहान भएको खेलमा २–१ गाेल अन्तरले चिली बिजयी भएपछि इक्वेडरलको दोस्रो चरणको सम्भावना कठिन बनेको छ । दुई खेलमा पराजित भएको इक्वेडर अंक बिहिन छ ।
शनिवार भएकाे राेमाञ्चक खेलमा चिलीले आठौं मिनेटमा अग्रता लिएको थियो । जोस पेड्रोको गोलबाट अग्रता लिएको चिली विरुद्ध २६ औं मिनेटमा गोल गर्दै इक्वेडर बरारबीमा फर्कीयो ।चिलीका खेलाडीले बक्समा फउल गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । इनर भ्यालेन्सियाले पेनाल्टी सदुपयोग गर्दै टोलीलाई बरावरीमा फर्काए । पहिलो हाफ दुबै टोलीले १–१ को बरावरी खेलेका थिए । दोस्रो हाफको ५१औं मिनेटमा चिलीका लागि एलेक्सिस सान्चेजले गोल गरेर २–१ को स्थीतिमा पूर्याए ।
बाँकी समयमा पाएको अवसरलाई इक्वेडरले सदुपयोग गर्न नसक्दा चिली खेल २–१ गोल अन्तरले बिजयी भयो । खेलको अन्तिम समयमा इक्वेडर १० खेलाडीमा सीमित भएको थियो ८९औं मिनेटमा ग्याब्रिएल अकिल्लर रातो कार्ड पाएका थिए ।दुई खेलबाट ६ अंक जोडेको चिली समुह ‘सी’ को शीर्ष स्थानमा छ । उरुग्वे ४ अंकसहित दोस्रो स्थानमा छ । जापान १ अंकसहित तेस्रोमा छ । २ वटा खेल गुमाएको इक्वेडर पुछारमा छ ।
June 22, 2019 1:06 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

