काभ्रेमा घर भत्किँदा दुई जना पुरिए
काभ्रेपलान्चोक । मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते हुनुभएको छ । दुई जनाको उद्धार गरिएको छ । आज बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्केर छिमेकी थलप्रसाद सापकोटोको घरमा क्षति पुगेको हो ।
गारो भत्किएर थलप्रसादको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते हुनुभएको हो । उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुबै जनाको सकुशल उद्धार गरिएको हुगुवापाटी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सानोकाजी तुलाधारले जानकारी दिनुभयो ।
स्थानीयवासीको सहयोगमा पुरिएका तीनै जनाको तत्कालै उद्धार गरिएको हो । तामाङको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । नगरकोट घर भएका तामाङ दम्पती सापकोटाको घरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । भारी वर्षाका कारण पर्खाल भत्किएको हो ।रासस
June 22, 2019 3:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन