विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई हराउँदै न्यूजिल्याण्ड शीर्ष स्थानमा
विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले वेष्ट इण्डिजलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । प्रतिस्पर्धात्मक खलमा न्यूजिल्याण्डले. इण्डिजमाथि ५ रनको जित हात पार्यो । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २९१ रन बनाएको थियो । पहिलो दुई विकेट सात रनको अवस्थामा गुमाएको न्यूजिल्याण्डका लागि केन विलियमसन र रोश टेलरले उत्कृष्ट प्रदर्शन गरे । तेस्रो विकेटका लागि उनीहरुले १६० रनको साझेदारी गरेपछि न्यूजिल्याण्ड सम्मानजनक स्कोरमा पुगेको हो ।
विलियमसनले १४८ रनको योगदान दिए । त्यस्तै टेलरले ६९ रन बनाए । बलिङतर्फ शेलडन कोट्रेल एक्लेले चार विकेट लिए भने कार्लोस ब्राथह्वाइटले दुई विकेट हात पारे ।२९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४९ ओभरमा २८६ रनमा अलआउट भयो । उसका लागि कार्लोस ब्राथह्वाइटले १०१ रनको शतकीय योगदान दिए । उनले ८२ बलमा नौ छक्का र पाँच चौका प्रहार गरेका थिए ।
यस्तै क्रिश गेलले ८७ रन बनाएका थिए भने सिमरन हेटमेयरले ५४ रन जोडे । अन्य खेलाडीको ब्याटिङ चल्न सकेन । वेष्ट इण्डिजलाई हराउनका लागि ट्रेन्ट बोल्टले चार विकेट लिए भने लकी फर्गुसनले तीन विकेट लिए । जितसँगै न्यूजिल्याण्ड ६ खेलबाट ११ अंक सहित शीर्ष स्थानमा फर्किएको छ ।
June 23, 2019 12:42 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप