देशभर मनसुन फैलियो, पश्चिममा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ – मनसुन देशभरी नै फैलिएको छ । गएको बिहीबार पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन आइतबार सुदूरपश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसकै प्रभावले अहिले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार मनसुन पश्चिम पुगेकाले पश्चिमको केही भूभागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने उहाँको अनुमान छ ।
यस्तै आइतबा उच्च पहाडी भेगमा हिपमात पनि हुने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन फैलिएर सेप्टेम्बर २३ तारिखमा पश्चिमबाट बाहिरिन्छ । यो वर्ष १० दिन ढिला गरी गएको बिहीबार पूर्वबाट प्रवेश गरेको मनसुन आइतबार देशभरी नै फैलिएको मौसमविद्ले बताएका छन् । यस्तै आइतबार चुरेबाट बहने नदीमा बाढीको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।
June 23, 2019 1:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता