कक्षा ५ का विद्यार्थीले संसारबाट विदा लिँदा दुनियाँलाई रुवायो
काठमाडौ । ललितपुरमा एक कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालक समिरले आइतबार आफैले पासो लगाएर संसार छोडे का छन्। ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले एउटा चिटमा लेखेर संसार छोडे का छन्।असार ७ गते राती ९ बजेतिर घरभित्रै उनी झुन्डिएको अवस्थामा उनको फेला परेका थियो। बेलुकीको खाना खाइसकेर आमा र दिदी पल्लो घरमा टिभी हेर्न गएको र बुबा पनि माथिल्लो गाउँमा गएको बेला बालकले।
‘ गरेको पारिवारिक स्रोतले जनाएको छ। उनका काका शुकबहादुर तामाङले घरमा एक्लै भएको अवस्थामा बालकले खदखुसि गरेका बताए। उनका अनुसार समिरले स्कुलमा सर र घरमा दाई भाउजूले हेपेको कुरा बताएका थिएनन्।पढाईमा पनि उनी मेधावी थिए। ‘बावुको स्वभाव आनन्दको थियो, झगडा पनि गर्दैन्थ्यो, पढाईमा पनि टाठो थियो, एउटा बच्चालाई कसरी यस्तो सोच आयो बुझ्न कठिन भएको छ,’ समिरका काका शुकबहादुरले भने।
उनले लेखेको सुसाइट नोटका आधारमा प्रहरीले अनुसन्धान थालेको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बच्चाले प्राण त्याग गर्ने आँट कसरी राख्यो भन्ने विषयमा प्रहरीले गहिरो अनुसन्धान थालेको बताए।‘हामीले सुसाइट नोट पनि हेरिसकेका छौं, केही कुरा शंकास्पद देखिएको छ,’ उनले भने, ‘यसबारे गहिरो अनुसन्धान हुन्छ ।’ यो समाचार नागरिकन्युज दैनिकमा लेखिएको छ।यस्तो छ उनले लेखेको अन्तिम नोटः – मेरो नाम समिर लुङ्वा हो। म कक्षा ५ मा पढ्छु। मेरो रोल नम्बर ५ हो। आज म केही कुरा भन्न चाहन्छु। म धेरै दुःखमा छु।
मलाई कसैले माया गर्दैनन्। कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने गर्नुहुन्छ। घरमा मलाई दाई भाउजूले हेलाँ गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु। सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म विरामी हुँदा विरामी भाको छैन भने। म यति भन्दै बिदा माग्छु। म ११ वर्षको भए, म जन्मेको महिना कात्तिक १४ गते हो।
June 25, 2019 2:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता