लालीगुराँस नेसनल एकेडेमीका विध्यार्थीहरु जर्मनिमा नेपालको प्रस्तुति उत्कृष्ट ! हेर्नुहोस् फोटो फिचर
काठमाडौं । सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको “एभरेष्ट नेपाल कल्चरल ग्रुपले” जर्मनी को कटबस शहरमा आयोजित अन्तराष्ट्रिय लोक सांकृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ | ७०० भन्दा बढी कलाकारहरुले भाग लिएको मेलामा नेपाल सहित बिश्वका १६ राष्ट्रका १८ समुह सहभागी भएका थिए, मेला जुन २० देखी २४ सम्म चलेको थियो।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आर. सी. कोइराला (रामचन्द्र) को नेतृत्व तथा ग्रुपका निर्देशक सीतल आचार्यको संयोजनमा गएको टोलिमा लालीगुराँस नेसनल एकेडेमीका” प्रधानाध्यापक श्री गोपाल बुढाथोकीले स्कुलको नेतृत्व गर्नु भएको टोलीको नृत्य निर्देशन बरिस्ठ नृत्य निर्देशक जोगेन्द्र के. सि. ले गर्नु भएको थियो। टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो| उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनि, थाली, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो|

मेलामा ग्रुपका प्रमुख आर. सि. कोइराला, निर्देशक सितल आचार्य, लालीगुराँस नेसनल एकेडेमीका प्रधानाध्यापक श्री गोपाल बुढाथोकी, बरिस्ठ नृत्य निर्देशक जोगेन्द्र के. सी. तथा विद्यार्थीहरु; जोहना के. सि., रुबी परीयर, सङ्गम अर्याल, आश्नभी उदास, जानकी लामा, स्मृति तामाङ, अबिना बमरेल, नामसाङ्ग लिम्बू, प्रनिता थापा मगर, सोनाम तामाङ, युद्ध जङ्ग थापा मगर, शालिन थापा, देव बगाले, सबिन परियार, शेजन मगर, सोनिका बास्तोला, कृतिका के. सि., हिमानी थापा मगर, सबु थापा, बिकी कुमार झा सहभगि भएका समुहमा डा सुरेन्द्र आचार्य ले डाक्टरको भुमिका निर्वाह गर्नु भएको थियो।

सोहि अवसरमा ग्रुपका निर्देशक सितल आचार्य तथा एकेडेमीका प्रधानाध्यापक श्री गोपाल बुढाथोकीले कटबस शहरका नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाब तथा आयोजकलाई भेटि नेपालमा सास्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धि बिशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताउनुभयो |

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता