पोर्चुगिज फरवार्ड फिलिक्सका लागि एट्लेटिको मड्रिडको नयाँ प्रस्ताव
एट्लेटिको मड्रिडले पोर्चुगिज फरवार्ड हाओ फिलिक्सका लागि १२६ मिलियन युरो अर्थात् ११२.९ मिलियन पाउण्डको प्रस्ताव गरेको छ । एट्लेटिकोले यसअघि १०७ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।रकम बढाएर प्रस्ताव अघि बढाएपछि बेन्फिाका सकारात्मक देखिएको छ । तर एट्लेटिको मड्रिडले किस्तामा रकम तिर्नका लागि प्रस्ताव गरेको छ ।
बेन्फिकाले एक विज्ञप्ति जारी गर्दै ला लिगा क्लबको प्रस्ताव छलफलका क्रममा रहेको जनाएको छ । ‘एट्लेटिको मड्रिडले फिलिक्सका लागि पठाएको १२६ मिलियन युरोको प्रस्तावमा छलफल भइरहेको छ,’ बेन्फिकाले विज्ञप्तिमा भनेको छ ।
यदी यो ट्रान्सफर सम्पन्न भएमा १९ वर्षे फिलिक्स पाँचौं महँगा खेलाडी बन्नेछन् । यसअघि सर्वाधिक महँगा खेलाडीको रेकर्ड नेयमारले कायम गरेका छन् भने उनीभन्दा पछि एमबाप्पे, कउटिन्हो र डेम्बेले छन् । युरोपा लिगमा फ्राङ्कफर्टविरुद्ध ह्याट्रिक गरेपछि विश्वको नजर फिलिक्समाथि परेको थियो । उनी भविष्यमा स्टार खेलाडी बन्ने आँकलन पनि गरिएको छ ।
June 27, 2019 10:44 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप