म्याच प्रिभ्युः कसले मार्ला बाजी, ब्राजिल कि बेल्जियम
काठमाडौँ, २२ असार । यसपटकको विश्वकप दाबेदार मानिएका दुई देश ब्राजिल र बेल्जियम आज क्वाटरफाइनलमा आमनेसामने गर्दै छन् ।जापानविरुद्ध सानदार कमव्याक गर्दै क्वाटरफाइनको सानदार यात्रा तय गरेको बेल्जियम ब्राजिललाई पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गर्ने दाउमा रहेको छ ।मेक्सिको जस्तो बलियो टोलीमाथि सहज जित निकालेको ब्राजिलले बेल्जियममाथि भने कठिन जित निकाल्ने फुटबल विश्लेषकहरु बताउँछन् ।
बेल्जियमका सबै स्टार खेलाडीहरु उच्च लयमा रहेका छन् । रोमेलु लुकाकु ह्यारी केनको गोल अग्रता तोड्ने दाउमा रहेका छन् भने ब्राजिल सन् २०१४ मा लागेको कालो दाग हटाउने सुरुमा रहेको छ ।यी दुईदेशबीच हालसम्म पाँचपटक आमनेसामने भएको छ । जसमा सन् १९६० मा भएको मैत्रीपुर्ण खेलमा बेल्जियमले जित हात पारेको थियो भने बाँकी तीन खेलमा ब्राजिलले जित निकालेको थियो । एक खेल भने बराबरीमा सकिएको थियो ।विश्वकपमा सन् २००२ मा यी दुई देशबीच प्रतिस्पर्धा भएको थियो । अन्तिम १६ मा ब्राजिलले २० गोलले बेल्जियमलाई पाखा लगाएको थियो ।
दक्षिण अमेरिकन देशहरुसँग हालसम्म बेल्जियमले तीन खेल गुमाएको छ भने एक खेलमात्र जित्न सफल भएको छ ।
बेल्जिमयसँग सातपटकसम्म क्वाटरफाइनल खेल खेलेको अनुभव रहेको छ । तर, सन् २००६ र २०१० मा बेल्जियम विश्वकपको समुह चरणबाटै आउट भएको थियो ।सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली पनि आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिएको छ ।लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता प्रभावशाली खेलाडीको बहिर्गमनपछि ब्राजिली स्ट्राइकर नेमार प्रतियोगितामा बाँकी रहेका थोरै स्टार खेलाडीमध्ये एक हुन् ।नेयमारबाहेक पनि जारी प्रतियोगितामा ब्राजिली टोलीका हरेक खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन् ।
July 6, 2018 10:25 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :