म्याच प्रिभ्युः कसले मार्ला बाजी, ब्राजिल कि बेल्जियम
काठमाडौँ, २२ असार । यसपटकको विश्वकप दाबेदार मानिएका दुई देश ब्राजिल र बेल्जियम आज क्वाटरफाइनलमा आमनेसामने गर्दै छन् ।जापानविरुद्ध सानदार कमव्याक गर्दै क्वाटरफाइनको सानदार यात्रा तय गरेको बेल्जियम ब्राजिललाई पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गर्ने दाउमा रहेको छ ।मेक्सिको जस्तो बलियो टोलीमाथि सहज जित निकालेको ब्राजिलले बेल्जियममाथि भने कठिन जित निकाल्ने फुटबल विश्लेषकहरु बताउँछन् ।
बेल्जियमका सबै स्टार खेलाडीहरु उच्च लयमा रहेका छन् । रोमेलु लुकाकु ह्यारी केनको गोल अग्रता तोड्ने दाउमा रहेका छन् भने ब्राजिल सन् २०१४ मा लागेको कालो दाग हटाउने सुरुमा रहेको छ ।यी दुईदेशबीच हालसम्म पाँचपटक आमनेसामने भएको छ । जसमा सन् १९६० मा भएको मैत्रीपुर्ण खेलमा बेल्जियमले जित हात पारेको थियो भने बाँकी तीन खेलमा ब्राजिलले जित निकालेको थियो । एक खेल भने बराबरीमा सकिएको थियो ।विश्वकपमा सन् २००२ मा यी दुई देशबीच प्रतिस्पर्धा भएको थियो । अन्तिम १६ मा ब्राजिलले २० गोलले बेल्जियमलाई पाखा लगाएको थियो ।
दक्षिण अमेरिकन देशहरुसँग हालसम्म बेल्जियमले तीन खेल गुमाएको छ भने एक खेलमात्र जित्न सफल भएको छ ।
बेल्जिमयसँग सातपटकसम्म क्वाटरफाइनल खेल खेलेको अनुभव रहेको छ । तर, सन् २००६ र २०१० मा बेल्जियम विश्वकपको समुह चरणबाटै आउट भएको थियो ।सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली पनि आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिएको छ ।लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता प्रभावशाली खेलाडीको बहिर्गमनपछि ब्राजिली स्ट्राइकर नेमार प्रतियोगितामा बाँकी रहेका थोरै स्टार खेलाडीमध्ये एक हुन् ।नेयमारबाहेक पनि जारी प्रतियोगितामा ब्राजिली टोलीका हरेक खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन् ।
July 6, 2018 10:25 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता