अर्घाखाँचीमा जीप दुर्घटना : एक जनाको ज्यान गयो, दुई जना घाइते
7 years अगाडी
Susma Dhakal
अर्घाखाँची – सन्धिखर्क १० पाेखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । नाैलापानीबाट सन्धिखर्क आउँदै गरेकाे लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पाेखेडाँडाकाे ओरालाेमा बिहीबार बिहान दुर्घटनामा परेको हाे ।
दुर्घटनामा सन्धिखर्क–९ नाैलापानीका ७० वर्षीय बाेमबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका छन् । घाईते दुबै जनाकाे जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
June 27, 2019 2:12 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...