भारतीय जनताले मोदीलाई भन्न थाले जनताको सेवा कसरी गर्नुपर्छ नेपालका प्रधानमन्त्रीबाट सिक
काठमाडौ । नेपालले भारतीय तरकारी र फलफुलका विषादी मिसिएको भन्दै सीमाबाट फिर्ता गरिदिएपछि भारतमा रुवाबासी देखिएको छ । हप्तौदेखि सीमामा भारतीय ट्रक रोकिएपछि आफुसँग भएको पैसा सकिएको भन्दै चालकहरुले दुःखेसो पोख्दै आएका छन् । भारतका विभिन्न राज्यहरुबाट नेपालमा फलफुल तथा तरकारी आउने गरेको थियो । नेपाल सरकारले उठाएको यस कदमलाई धेरै भारतीयहरुले सकारात्मक भनेका छन् ।
उनिहरुका अनुसार अब भारतले पनि विषादी परिक्षण गरेर मात्रै उपभोक्तलाई तरकारी तथा फलफुल वितरण गर्नुपर्छ । नेपाल सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेपछिमात्र नेपाल भित्र्याउने नीति बनाएपछि त्यसको असर भारतीय व्यापारीमा गम्भीर रुपमा देखिएको छ । यो विषयलाई भारतीय संचारमाध्यमले प्रमुखताका साथ देखाएका छन् ।
नेपाल सरकारले भारतबाट नेपाल जाने तरकारी र फलफूल किन्न रोक लगाएको भन्दै भारतीय सञ्चारमाध्यमहरुमा समाचार आउने गरेका छन् । भारतीय मिडियाहरुले नेपालको नयाँ नियम भन्दै ल्याब टेस्ट गरेपछि मात्र भारतबाट नेपाल भित्रिने तरकारी र फलफूललाई एनओसी प्राप्त हुने जनाएको छन । एनओसी प्राप्तभएपछि मात्र तरकारी र फलफूल नेपाल भित्रिने समाचारमा जनाइएको छ। ल्याब परीक्षणमा कमजोर देखिएपछि नेपालको भन्सार विभागले तरकारी र फलफूल बोकेका सयौं ट्रक फिर्ता गरेको बताइरहेका छन् ।
नेपाल सरकारले उठाएको यो कदमले भारतीयहरु पनि खुःशी देखिएका छन् । उनिहरुले पनि अब तरकारी र फलफुल खाएका भरमा ज्यान गुमाउनुपर्ने अवस्थाबाट छुट्कारा पाउँन भारतको नरेन्द्र मोदी सरकार वा राज्य सरकारले परीक्षणलाई अनिवार्य बनाउनुपर्ने र नेपालबाट धेरै कुरा सिक्नुपर्ने जनाएका छन् । धेरैले नेपाल सरकारले जनताको स्वार्थ हेरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद दिएका छन् ।
June 27, 2019 2:24 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन