श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै
काठमाडौं, १३ असार । विश्वकप क्रिकेटमा आज श्रीलङ्का र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।आजको खेलमा दक्षिण अफ्रिकाले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको छ ।सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलङ्काको लागि जित्नै पर्ने दवाव छ । पराजित भएमा श्रीलङ्काको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुनेछ । ६ खेलमध्ये दुई खेलमा जित दुई खेलमा हार र दुई खेल वर्षाको कारण रद्द भएपछि अङ्क बाँडेको श्रीलङ्काको ६ अङ्क छ ।
अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्का अन्तिम चारमा पर्दै सेमिफाइनलमा स्थान बनाउनका लागि उसले अबका सबै खेल जित्नुपर्ने हुन्छ । दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिसकेको छ । उसले खराब प्रदर्शन गर्दै एक खेलमा मात्रै जित र पाँच खेलमा हार तथा एक खेल पानी परेपछि अङ्क बाँड्दै तीन अङ्क बनाएको छ ।दक्षिण अफ्रिकाको अबको खेल उसको प्रतिष्ठाका लागि मात्र हुनेछ ।
June 28, 2019 3:11 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)