गीतकार दिलिप योञ्जनद्वारा विष्णुमायालाई आर्थिक सहयोग
काठमाडौँ । गतवर्षदेखि बुवा र आमामा घाँटीको क्यान्सर भएपछि आर्थिक रुपमा कमजोर बनेकी कक्षा १२ मा अध्ययनरत विष्णु मायाकालाई साहित्यकार विना थिङले आर्थिक सहयोग गरेकी छन्।विष्णु मायाका लागि अमेरिकामा बस्दैँ आएका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङले नगद २५ हजार सहयोग गरेका हुन्। साथै उनले बालिकाको उच्च शिक्षाका लागि आफूले सहयोग गर्ने प्रतिबद्वता जनाएकी हुन्।
कोरियामा रहेका मान कुमार लामाले आफ्नो जन्मदिनको अवसर पारेर औषधि उपचारको लागि रु ५ हजार नगद उपलब्ध गराएका छन्। कमजोर आर्थिक अवस्थामा भएको कारण शौक्षिक भविष्यका लागि आफूले निरन्तर सहयोग गर्ने गीतकार योञ्जनले बताए। शिक्षाको ज्योतिबाट कोही बालबालिका पनि टाढा नहुन् भन्नको लागि उनले निरन्तर सहयोग गदैँ आएका छन्।
केही समय अगाडि उनले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित जय भद्रकाली आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका ३ लाख ५ हजार ४ सय बराबरको छात्रावृत्ति उपलब्ध गराएका थिए।
June 29, 2019 11:40 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता