Sunday 3rd August 2025

केही वर्ष पहिले पुस्तकालय भएको ठाउँमा अहिले भट्टी पसल राखिएको छ : नेता गिरी

6 years अगाडी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद एवं चर्चित विचारक प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गर्नुभएको छ । उहाँले पुस्तकमा कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै ओलीको प्रशंसा गर्नुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले पुस्तकमा कर लगाइँदा पढ्ने संस्कृति नाश भएर जाने कुरामा चिन्ता व्यक्त गर्नुभयो ।

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष २०७६–०७७ मा पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने नीति बनाएको छ । उहाँले प्रधानमन्त्री केपी ओली विद्वान भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुस्तकका सौखिनहर सत्तारुढ दलमा हुनुहुन्छ । स्वयंम देशमा विद्वान प्रधानमन्त्री भएका बेला पुस्तकमा कर किन ?’ गिरीले त्यसै पनि पुस्तक पढुन संस्कृति घटिरहेका बेला सरकारको कदमले त्यस्तो प्रवृक्तिलाई मलजल पुग्ने उल्लेख गर्नुभयो । गिरीले उपत्यकाका ७५ प्रतिशत पुस्तक पसल बन्द भएको र विगतमा पुस्तक पसल भएका ठाउँमा हाल रक्सी पसल र सुन पसल खुलेको भन्दै दुखेसो पोख्नुभयो ।

          June 29, 2019 12:06 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...