केही वर्ष पहिले पुस्तकालय भएको ठाउँमा अहिले भट्टी पसल राखिएको छ : नेता गिरी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद एवं चर्चित विचारक प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गर्नुभएको छ । उहाँले पुस्तकमा कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै ओलीको प्रशंसा गर्नुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले पुस्तकमा कर लगाइँदा पढ्ने संस्कृति नाश भएर जाने कुरामा चिन्ता व्यक्त गर्नुभयो ।
सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष २०७६–०७७ मा पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने नीति बनाएको छ । उहाँले प्रधानमन्त्री केपी ओली विद्वान भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुस्तकका सौखिनहर सत्तारुढ दलमा हुनुहुन्छ । स्वयंम देशमा विद्वान प्रधानमन्त्री भएका बेला पुस्तकमा कर किन ?’ गिरीले त्यसै पनि पुस्तक पढुन संस्कृति घटिरहेका बेला सरकारको कदमले त्यस्तो प्रवृक्तिलाई मलजल पुग्ने उल्लेख गर्नुभयो । गिरीले उपत्यकाका ७५ प्रतिशत पुस्तक पसल बन्द भएको र विगतमा पुस्तक पसल भएका ठाउँमा हाल रक्सी पसल र सुन पसल खुलेको भन्दै दुखेसो पोख्नुभयो ।
June 29, 2019 12:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता