जीप दुर्घटना : छाेरालाई बचाए तर आफू बाँचेनन्
7 years अगाडी
Susma Dhakal
दाङ – श्रीगाउँमा शनिबार बिहान भएको जीप दुर्घटनामा चालकको ज्यान गएको छ । जीप दुर्घटनामा दंगिशरण गाउँपालिका-७ रचपलका २९ वर्षीय डिल्लीबहादुर वलीको ज्यान गएको प्रहरीले जनाएको छ । शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४३६ नम्बरको जीप अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । घाइते चालक वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जीपमा जम्मा ४ जना मात्रै सवार थिए । उनीहरु सबै घर परिवारका सदस्यहरु मात्रै रहेको खुल्न आएको छ । जीपमा सवार अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालक वलीले छोरालाई जोगाउन बाहिर फालेका थिए । उनी आफू पनि हाम फाल्ने क्रममा जीपले च्यापिएका कारण ज्यान गएको हो । साथै उनको छोराको अवस्था पनि सामान्य छ ।
June 29, 2019 1:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
Loading...