प्रदेश १ मा सवारी दुर्घटनाले अपांगताको दर बढ्यो
१५ असार, विराटनगर । प्रदेश १ का १४ जिल्लामा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । तीव्र गतिका कारण हुने अधिकांश दुर्घटनाले अपांगता दर पनि बढाएको छ । प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा आर्थिक वर्ष २०७३/७४ यता ४ हजार ६ सय ४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ हजार २६ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा ११ सय ८२ सवारी दुर्घटनामा २१ सय ३४ जना घाइते भएको तथ्यांक छ ।
अपांगताको क्षेत्रमा क्रियाशील राष्ट्रिय अपांग महासंघ, प्रदेश १ का कार्यक्रम संयोजक विमल बस्नेत बढ्दो दुर्घटनासँगै अंगभंग हुने क्रम पनि बढेको बताउँछन् । प्रदेश नं. १ मा पछिल्ला समय देखिएको अपांगतामध्ये २९ प्रतिशत सवारी दुर्घटनाले हुने गरेको उनले बताए ।
बस्नेतले भने, ‘विगतमा पोलियो अपांगता वृद्धिको पहिलो कारण भए पनि यसको उन्मुलनपछि सवारी दुर्घटना, गलत उपचार र अन्य प्रकारका दुर्घटनाले भूमिका खेलेको छ ।’सवारी दुर्घटनामा अंगभंग भएका अधिकांश मानसिक तनावमा पर्ने गरेको र काउन्सिलिङ गरेर समाजमा पुनःस्थापना गर्न पनि निकै कठिन हुने गरेको उनको अनुभव छ ।
प्रदेश १ को सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । ट्राफिक प्रहरीका अनुसार प्रदेश १ का १४ जिल्लामा चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३४ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
June 30, 2019 12:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता