Sunday 3rd August 2025

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गृहजिल्ला गोरखामा गएर हली बने, हेर्नुहोस् १० तस्वीर

6 years अगाडी

काठमाडौं। समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई असार १५ मा हली बनेका देखिए । असार १५ धान दिवसका दिन भट्टराई आफ्नै गाउँ गोरखामा गोरुसँगै खेत हिल्याइरहेको अवस्थामा देखिएका हुन्।

धान दिवसको अवसरमा भट्टराई पालुङटार नगरपालिका–१ खोप्लाङ गोरखा पुगेका थिए । उनको पुर्ख्यौली गाउँ त्यहीँ हो । त्यहाँ मल्टीपर्पोज कृषि फर्मले कार्यक्रम आयोजना गरेको थियो । हातमा कोदाली लिएर उनी हिलो खेतमा देखिएका छन् । फेसबुकमा उनले धान दिवसमा आफ्नो सहभागिताका केही तस्बिर सार्वजनिक गरेका छन् ।

          June 30, 2019 4:34 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...