

आज पूर्ण सूर्यग्रहणः यस्तो हुनेछ प्रभाव, यी कुरामा सावधानी अपनाउनुहोस् ,हेर्नुहोस फोटो फिचर

काठमाडौं। आज पूर्ण सूर्यग्रहण लाग्दैछ । यो ग्रहणको कूल अवधि ४ घण्टा ५५ मिनेट हुनेछ । तर, यो सूर्यग्रहण नेपालबाट भने देख्न सकिने छैन । ग्रहण दक्षिण अमेरिकाबाट देखिनेछ । दक्षिण अमेरिकाका चिली, अर्जेन्टिना लगायतका देशबाट यो ग्रहणको खग्रास रुप देख्न सकिनेछ ।
यो ग्रहण सुरु हुँदा नेपालमा रात परिसकेको हुनेछ । आज राती नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा यो ग्रहण सुरु हुनेछ र भोलि बिहान ३ बजेर ३५ मिनेट जाँदा ग्रहण समाप्त हुनेछ । ज्योतिष शास्त्रअनुसार यो ग्रहण मिथुन राशी र आद्र्रा नक्षत्रमा लाग्दैछ ।
यो पूर्ण सूर्यग्रहण भएकोले यसको असर सबै राशीमा हुनेछ । ग्रहण नेपालमा नदेखिने भएकोले यसको सूतक भने लाग्दैछ । यो सूर्यग्रहणको सबै राशीमा आगामी १५ दिनसम्म प्रभाव रहनेछ । ज्योतिष शास्त्रका अनुसार ग्रहणको नकारात्मक प्रभावबाट बच्न दिनभर सूर्य मन्त्रको जप गर्ने र भोलिपल्ट तामाको भाँडा, रातो वस्त्र र गहुँ दान गर्नु उपयुक्त हुन्छ ।
July 2, 2019 12:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

