Sunday 3rd August 2025

५४ जना यात्रुसहितका दुई बस एकआपसमा ठोक्कीएपछि ठुलो दुर्घटना

6 years अगाडी

झापा । आज बिहानै बस दुर्घटनामा परेको छ । कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा बस दुर्घटनामा परेको हो । दुईवटा बस एकापसमा ठोक्किएर दुर्घटना भएको जानकारी दिइएको छ । दुर्घटनामा परी दुईवटा बसमा सवार ४० जना यात्रु घाइते भएका छन् । आज पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ जाँदै गरेको ना ६ ख ९९१० नं.को बस ठोक्किएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले दुवै बसमा गरी ५४ जना सवार रहेको जानकारी दिएको छ । सवार मध्ये ४० जना घाईते भएका छन जसान २० जना सामान्य भएको भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको र गम्भीर २० जनाको चौराह अस्पताल बुटवलमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

          July 3, 2019 10:31 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...